४ वटा पसललाई कारबाही गर्दै ७० हजार जरिवाना
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले ४ वटा पसललाई कारबाहीगर्दै ७० हजार जरिवाना तोकेको छ । शुक्रबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन र प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले वीरगंजका पसल अनुगमन गर्ने क्रममा चारवटा पसललाई रु ७० हजार जरिवाना तोकेको हो ।
वीरगंजको शान्ति जनरल स्टोर्सलाई रु ५० हजार, खेमीसति जेनरल स्टोर्सलाई रु १० हजार, श्याम कोल्ड स्टोरलाई रु ५ हजार र तारा कस्मेटिक जेनरल स्टोरलाई रु ५ हजार जरिवाना तोकेको हो । कारबाही गरिएका उक्त पसलहरुले मूल्य सूची नराखेको, खरीद बिल उपलब्ध नगराएको, म्याद गुज्रेका सामान सञ्चित गरेको कसूरमा कारबाई गरिएको जिल्ला प्रशासन कार्यलय, पर्साले जनाएको छ ।












