विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो, ज्यान गुमाउनेको संख्या ९ लाख ५० हजार ना्घ्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो, ज्यान गुमाउनेको संख्या ९ लाख ५० हजार ना्घ्यो



काठमाडौं । कोरोना भाइरस कोभिड १९ बाट विश्वभर हालसम्म ३ करोड ३ लाख ७३ हजार ७६१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।


कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ लाख ५० हजार ९६५ पुगेको छ भने संक्रमणबाट निको हुनेको संख्या पनि २ करोड २० लाख ५८ हजार ७९ पुगेको छ ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ६८ लाख ७४ हजार ५९६ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि २ लाख २ हजार २१३ छ ।


अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको भारतमा ५२ लाख १४ हजार ६७७ जना संक्रमित भएकोमा ८४ हजार ४०४ जनाले ज्यान गुमाएका छन्।


यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा ब्राजिल रहेको छ । त्यहाँ ४४ लाख ५७ हजार ४४३ जनामा संक्रमण भएकोमा १ लाख ३५ हजार ३१ भन्दा धेरैको ज्यान गएको छ ।
रुसमा १० लाख ९१ हजार १८६ जना संक्रमित भएका छन् भने १९ हजार १९५ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ६ लाख २५ हजार ६५१ संक्रमित भएकोमा ३० हजार ४०५ जनाले ज्यान गुमाएका छन्।


बेलायतमा ३ लाख ८१ हजार ६१४ संक्रमित भएकोमा ४१ हजार ७०५ जनाको मृत्यु भइसकेको छ। पेरुमा संक्रमितको संख्या ७ लाख ५० हजार ९८ छ भने ३१ हजार १४६ जनाको मृत्यु भइसकेको छ।


प्रतिक्रिया दिनुहोस्