वस्तु आयात २२ प्रतिशतले घट्यो, निर्यात १० प्रतिशतले बढ्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

वस्तु आयात २२ प्रतिशतले घट्यो, निर्यात १० प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्ष २०७७ ÷७८ को पहिलो दुई महिनामै वस्तुको आयातमा घटेको छ ।चालु वर्षको दोस्रो महिना भदौमा अघिल्लो वर्षको तुलनामा आयात २२ प्रतिशतले घटेको छ ।

यो वर्षको दुई महिनामा १ खर्ब ७८ अर्ब ८४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको भदौसम्म २ खर्ब २९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको भन्सार विभागका महानिर्देशक सुमन दाहाले बताए ।कोरोना महामारीको कारण पछिल्लो समय अत्यावश्यक वस्तुको आयात सामान्य भएपनि अन्य पुँजी निर्माण गर्ने वस्तुको आयातमा भने उच्च गिरावट आएको छ ।नोभल कोरोना भाइरस कोभिड संक्रमणको जोखिमका कारण देशभित्र आर्थिक गतिविधि ठप्प हुँदा त्यसको प्रभाव वैदेशिक व्यापारमा पनि देखिएको छ ।

त्यस्तै निर्यात भने यो वर्ष १० प्रतिशतले बढेको छ । भदौसम्म २० अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ । अघिल्लो वर्ष १८ अर्बको निर्यात भएको थियो। महानिर्देशक दाहालले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्