४ कार्तिक २०८३, बुधबार

पुनर्कर्जामा आवेदन दिने म्याद असोज मसान्तसम्म थप



काठमाडौं । केन्द्रीय बैंकले पुनर्कर्जाका लागि आवेदन दिने म्याद थप गरेको छ । अब पुनर्कजामा आवेदन दिने समय असोज मसान्तसम्म थप भएको छ ।यो भन्दा अगाडी केन्द्रीय बैंकले पुनर्कर्जा कार्यविधि जारी गरेपछि पहिलोपट असोज १४ गतेसम्म आवेदन दिने म्याद तोकेको थियो ।

नोभल कोरोना भाइरस कोभिड १९ संक्रमण नियन्क्रणका लागी सरकारले भदौमा जारी निषेधाज्ञा तथा यातायात सञ्चालन नभएकाले लक्षितवर्ग अथवा सरोकारवालाले निवेदन पेस गर्न नसकेकाले समय थप गरिएको केन्द्रीय बैंकले एक सुचना निकाली जानकारी दिएको छ ।