पदयात्रा र पर्वतारोहण गर्न यी शर्तहरु अपनाउनुपर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पदयात्रा र पर्वतारोहण गर्न यी शर्तहरु अपनाउनुपर्ने



काठमाडौं । लामो समयदेखि बन्द रहेको पदयात्रा र पवतारोहण खुला भएको छ । कोरोना भाईरसका कारण बन्द भएको पदयात्रा र पर्वतारोहण सरकारले खुला गर्ने भएको छ ।

पदयात्रा र पवतारोहण गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनअराइभल भिसा दिने भएको छ ।

त्यस्तै पर्यटन मन्त्रालयले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको छ ।

पर्वतारोहण वा पदयात्राका लागि विदेशबाट आउने पर्यटकले नेपाल आउनु अगावै नेपालको भिसा प्राप्त गरेको हुनुपर्छ । तर, सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्था, समूहमा पर्वतारोहण, र पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वसहमति लिई नेपाल आउन सक्नेछ । त्यसका लागि अध्यागमन विभागले अनअराइभल भिसा दिने भएको छ ।

शर्तहरु
सबै पर्यटकको बढीमा ७२ घण्टा अगाडिसम्मको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने र अध्यागमन विभागले भिसा दिने समयमै हेर्ने छ ।

कम्तीमा ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बराबरको बिमा गरेको हुनुपर्ने छ ।

क्वारेन्टिनमा बसेको ५ दिनमा पर्यटककै खर्चमा पीसीआर परीक्षण गर्नुपर्ने छ ।

रिपोर्ट नेगेटिभ आए मात्र पदयात्रा र पर्वतारोहणमा जान पाउने छन् । नेगेटिभ नआएसम्म भने होटेलबाट बाहिर जान नपाउने गरी शर्त तोकिएको छ ।

त्यस्तै, साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बिमा हुनुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्