१८ भदौ २०८३, बिहिबार

कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स बीच भयो व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता



काठमाडौं । काकामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रा.लि. बीच व्यावसायिक सहकार्य गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।


यो सम्झौतापछि बैंक तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको पलना गरी अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रा.लि. बाट सिफारिस भइ आएका ग्राहकहरुलाई बैंकले सरल तरिकाबाट आफ्ना १२४ वटै शाखाबाट घर कर्र्र्जा प्रदान गर्नेछ ।


समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अजिरा बिल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रा.लि. का प्रबन्ध निर्देशक अनुप ढुङ्गानाले कामना सेवा विकास बैंकको केन्द्रीय कार्यलय, ज्ञानेश्वरमा एक कार्यक्रमका बीच हस्ताक्षर गर्नु भएको बैंकले जनाएके छ ।


बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा ब्त्ः मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।