४ कार्तिक २०८३, बुधबार

कोरोना संक्रमणकाट पहिलो पटक चिकित्सकको ज्यान गयो



काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपालमा पहिलो पटक चिकित्सकको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५८ वर्षका चिकित्सक रहेका छन ।
उनको कोरोना भाइरस संक्रमणका कारण आज दिउस ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशनालयले बताए ।
उनमा २ हप्ता अगाडी कोरोना संक्रमण पुष्टि भएको थियो ।उनलाई सास फेर्न गाह्रो भएपछि नेपालगञ्जको भेरी अस्पतालमा ल्याइएको अस्पतालले बताएको छ ।