सरकारी जागिर त्यागेर कृषि पेशा, च्याउ खेतीले फेरिदै दैनिकी
ओखलढुंगा । ओखलढुङ्गाका ग्रामीण महिला ब्यवसायिक च्याउ खेतीतर्फ आकर्षित भएका छन् । सानो लगानीबाट सुरु गरेको ब्यवसायीबाट अहिले मनग्य आम्दानी हुन थालेपनि च्याउ खेती सुरु गरेका कारण उत्साहित बनेका हुन् । जिल्लाकोे किसाना आजभोलि च्याउ खेतीमा ब्यवसायिक बन्दै गएका छन् । यसअघि बिहानदेखि बेलुका सम्मै घाँसपातमा ब्यस्त रहने उनिहरु ब्यवसायमा समेत उत्तिकै सक्रिय छन् ।
घर नजिकै सामान्य टनेल निमार्ण गरेर च्याउ उत्पादन सुरु गरेपछि दैनिकी नै फेरिएको सिद्धिचरण नगरपालिका ६ ठाडेकी पूलमाया मगरले बताउनुभयो । स्थानीय कच्चा पदार्थ (सोतर) को प्रयोग गरेर उत्पादन सुरु गरेका किसानहरुको च्याउ नै आम्दानीको गतिलो स्रोत बनेको उहाँको भनाई छ । बर्षमा दुई पटक सम्म उत्पादन हुने च्याउ खेतीबाट एक पटकमा ८० हजार बढीको आम्दानी गर्ने गरेको कृषक जसमाया मगरको भनाई छ । अहिले ब्यवसायि सुरु गरेपछि घर परिवारको खर्च टार्न केही समस्या नभएको कृषक जसमाया मगरको भनाई छ ।
किसानले जंगलमा पाईने हाँसेफुल र परालकको प्रयोग गरेर च्याउको राम्रो उत्पादन लिरहेका छन् । थोरै लगानीबाट धेरै आम्दनी लिन सकिने यस व्यवसायमा आफू आकर्सित भएको लिखु गाउँपालिका वडा नं. ६ का सन्तोष भट्टराईले बताउनुभयो ।
आफूलाई परिवारका अन्य सदस्यले समेत राम्रो सहयोग गरिरहेका कारण राम्रो आम्दानी भएको उहाँको भनाई छ । सरकारी जागिर त्यागेर कृषि पेशामा लाग्नु भएका भट्टराई अहिले गाउँमै मनग्गे आम्दानी हुने बताउनुहुन्छ ।
सिद्धिचरण नगरपालिकाको कृषि विकास शाखाले ५० प्रतिशत अनुदानमा च्याउको बिउ उपलब्ध गराएको र यो वर्षदेखि साना ब्यवसायिक कार्यक्रम अन्तरगात नगरपालिकामा सिताके र कन्य च्याउ पकेट क्षेत्र समेत बनाउन थालिएको सिद्धिचरण नगरपालिाकका नायव प्रविधिक सहायक विरेन्द्र तामाङले बताउनुभयो । जिल्लामा कृषि ज्ञान केन्द्र तथा स्थानीय तहहरुले व्यवसायिक बन्ने किसानहरुलाई ५० प्रतिसत अनुदानमा च्याउको विउ तथा तालिम समेत उपलब्ध गराई रहेको छ ।
सूरुमा ब्यवासय सञ्चालनका लागी आफ्नै लगानी परेपनि अहिले यस्ता कृषकहरुलाई आर्थीक तथा प्राबिधि सहयोग कृषि ज्ञान केन्द्रले गरिहेको छ । बजारीकरणको समेत राम्रो सम्भावना भएको यस जिल्लामा दर्जन बढी कृषकहरुले च्याउ खेती गर्दै आएका छन् । थोरै लागानीबाट ब्यवासयी सुरु गर्न सकिने भएपछि च्याउ खेती गर्ने कृषकहरु बढ्न थालेका छन् ।मनोज भट्टराईले गोरखापत्रमा समाचार लेखेका छन् ।













