सीमा विवादपश्चात बोलचालसमेत नगरेका मोदी र सी पहिलोपटक आमनेसामने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सीमा विवादपश्चात बोलचालसमेत नगरेका मोदी र सी पहिलोपटक आमनेसामने



काठमाडौं । पछिल्लो समय सीमा क्षेत्र लद्दाखमा दुई देशबीच तनाव सुरु भएयता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले र चीनका राष्ट्रपति सी चिनफिङ पहिलोपटक आमनेसामाने हुँदै छन् ।

भारतको अंग्रेजी अखबार इन्डियन एक्सप्रेसका अनुसार आउने नोभेम्बर १७ मा हुने ब्रिक्स भिडिओ कन्फ्रेन्समा दुवै नेता सहभागी हुने भएका हुन् ।

रुसले सोमबार ब्रजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाबीच १२औं ब्रिक्स सम्मेलन भर्चुअल माध्यमबाट हुने घोषणा गरेको हो ।

पछिल्ला ६ वर्षमा कम्तीमा १८ पटक भेट गरेका मोदी र सीबीच सीमा विवाद भएयता बोलचालसमेत भएको छैन ।

नोभेम्बर १७ अगाडि यी दुई नेताबीच कुनै बैठक वा फोनवार्ता हुने कुनै कार्यक्रम तोकिएको छैन । स्रोतलाई उधृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ– ‘तर उनीहरूबीच संवाद हुँदैन भन्न सकिन्न ।’


प्रतिक्रिया दिनुहोस्