संसारकै लामो खुट्टा भएकी वर्ल्ड रेकर्डमा १७ वर्षीय मेकी क्युरिन
काठमाडौं । अमेरिकाकी १७ वर्षीय मेकी क्युरिनले संसारकै लामो खुट्टा भएको मानिसको रुपमा गिनीज वल्र्ड रेकर्ड बनाएकी छन् । उनले रुसको एकातेरिना लिसिनाद्वारा आयोजित ५५.२ इन्चको रेकर्ड तोडेकी हुन् ।
उनको दायाँ खुट्टा १३४.३ सेन्टीमिटर र बायाँ खुट्टा १३५.३ सेन्टीमिटरको रहेको छ । गिनीज वल्र्ड रेकर्डका अनुसार मेकीले भनिन्– ‘जसको शरीरको कुनै अंग असामान्य विकाश हुन्छ त्यसमा अफ्ट्यारो मान्नु हुँदैन, त्यसलाइ शरीरको विशेषताको रुपमा लिनुपर्छ, यो रेकर्ड म ती महिलाहरुलाई प्रेरित गर्न चाहन्छु जो अग्ला छन् ।’
आफ्नो छोरीको यस रेकर्डको अवसरमा उनकी आमाले उनी १८ महिनाको हुँदा २ फिट ११ इन्च भएको बताइन् ।एजेन्सी













