अमेरिकामा १४ बर्ष यताकै ठूलो व्यापार घाटा ६७.१ अर्ब डलर - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अमेरिकामा १४ बर्ष यताकै ठूलो व्यापार घाटा ६७.१ अर्ब डलर



काठमाडौं । अमेरिकाको ब्यापार घाटा ६७.१ अर्व डलर पुगेको छ । अगस्ट महिनामा बढेर ६७.१ अर्ब डलर पुगेको सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकामा यो घाटा पछिल्ला १४ वर्षमको सबैभन्दा ठूलो घाटा हो ।

अमेरिकाको वस्तु तथा सेवा निर्यात–आयात अन्तर अगस्टमा ५.९ प्रतिशत बढेर ६७.१ अर्ब डलर भएको हो । व्यापारयुद्ध चलिरहेको चीनसँगको व्यापार घाटा भने ६.७ प्रतिशत घटेर २६.४ अर्ब डलर भएको छ ।

यो वर्ष अहिलेसम्म अमेरिकाले जनवरीदेखि अगस्ट २०२० को अवधिमा ४२१.८ अर्ब डलर व्यापार घाटा भएको बताएको छ । सोही अवधि २०१९ को तुलनामा यो ५.७ प्रतिशत बढी हो । यो अवधिमा निर्यातमा २.२ प्रतिशत बढोत्तरी भएको र आयात भने ३.२ प्रतिशत बढको छ ।


प्रतिक्रिया दिनुहोस्