विश्वमा सर्वाधिक कमाई गर्ने यी अभिनेत्री, कति छ कमाई ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विश्वमा सर्वाधिक कमाई गर्ने यी अभिनेत्री, कति छ कमाई ?



काठमाडौं । सन् २०२० को फोब्र्स सूची सार्वजनिक भएको छ । फोब्र्सको सूची अनुसार सन् २०२० मा विश्वमा सर्वाधिक कमाई गर्ने अभिनेत्रीहरूको नाम पनि सार्वजनिक गरेको छ ।

१. सोफिया भेगराः

हालसालै प्रकाशित फोब्र्सका अनुसार विश्वमा सर्वाधिक कमाई गर्ने अभिनेत्रीमा सोफिया भेगरा पहिलो स्थानमा पर्न सफल भएकी छिन् । उनले यस वर्ष ४३ मिलियन अमेरिकी डलर कमाइ गरेकी छिन् । भेगरा अमेरिकाज गट ट्यालेन्ट र मोडर्न फेमिली जास्ता सोहरूबाट विश्वभर चर्चित छिन्। मुलतः अमेरिकाज गट ट्यालेन्टका जजको रूपमा लोकप्रिय बनेकी सोफिया सानो पर्दा देखि ठुलो पर्दा सम्म काम गरिसकेकी छिन् । उनले यस वर्ष ठुला ठुला विज्ञापनहरूमा पनि काम गरेकी थिइन् जस कारण उनी विश्वमा सर्वाधिक कमाई गर्ने अभिनेत्रीहरूको सुचीमा पहिलो स्थानमा पर्न सफल भएकी हुन् ।

२. एन्जेलिना जोलीः

फोब्र्सको सर्वाधिक कमाई गर्ने अभिनेत्रीहरूको सुचीमा दोस्रो स्थानमा पर्न सफल अभिनेत्री हुन् एन्जेलिना जोली । उनले यस वर्ष करिब ३६ मिलियन अमेरिकन डलर आम्दानी गरेकी छिन्। उनको यस वर्ष कमाइको श्रोत द इटरनल्स रहेको बताइन्छ ।

३. ग्याल ग्याडोटः

वण्डर वोमेनबाट लोकप्रियता कमाएकी अभिनेत्री ग्याल ग्याडोट यस वर्षको फोब्र्सको सर्वाधिक कमाई गर्ने अभिनेत्रीहरूको सुचीमा तेस्रो स्थानमा परेकी छिन् । उनले यस वर्ष करिब ३२ मिलियन अमेरिकी डलर आम्दानी गरेकी छिन्। रेड नोटिसमा उनको भूमिकाका कारण उनले २० मिलियन अमेरिकी डलर सङ्कलन गरेकी थिइन् ।

फोब्र्स एक अमेरिकी व्यापारिक पत्रिका हो जुन एक वर्षमा आठ पटक सम्म प्रकाशित हुने गर्दछ । यसले वित्त, उद्योग, लगानी, र मार्केटिङका शीर्षकमा आफ्नो मूल लेख प्रकाशित गर्दछ । साथै यस म्यागेजिनले टेक्नोलोजी, सञ्चार, विज्ञान, राजनीति, र कानुन जस्ता सम्बन्धित विषयमा पनि रिपोर्ट गर्ने गर्दछ। यसबाहेक, फोब्र्स विश्वका धनी अमेरिकी, सर्वाधिक कमाउने अभिनेता, अभिनेत्री जस्ता सुची र श्रेणीकरण गर्नका लागि पनि परिचित छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्