धुर्मस–सुन्तली फाउण्डेशनलाई वाग्मती प्रदेश सरकारको ३ करोड सहयोग - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

धुर्मस–सुन्तली फाउण्डेशनलाई वाग्मती प्रदेश सरकारको ३ करोड सहयोग



काठमाडौं । बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरीषदको कार्यालय हेटौंडामा एक कार्यक्रमका बिच आज मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको चेक हस्तान्तरण गरेका हुन ।

पौडेलले कार्यक्रममा बोल्दै धुर्मुस सुन्तलीले उत्साहका साथ गरेको कामको प्रसंसा गरेका छन। रंगशाला निर्माण परीयोजना छिटो सक्नका लागि शुभकामना दिएका छन । सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए । रंगशाला निर्माणमा चुनौती धेरै रहेकोले जसरी पनि सफल बनाउनुपर्ने बताउदै यो गौरवको आयोजना भएकोे र सरकारले सहयोग जारी राख्ने बताउदै उहाँले भन्नुभयो –‘आगामी बर्षलाई पनि सरकार छ भन्ने सम्झनु ।

यस्तै कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्री युबराज दुलाल पÞmेरि पनि सरकारका तर्फबाट सहयोग हुने बताए । परीकल्पना अनुसार सफलता लागि शुभकामना दिदै फाउन्डेसनलाई चुनौती पन्छएर अगाडि बढ्न सुझाव दिएका छन । यसैगरी फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले सहयोग रकम बुझ्दै खुशीको दिन भएको बताए ।

रंगशाला निर्माणमा हाल २ सय ३३ जनशक्तिले काम गरीरहेको जानकारी दिएका छन । सहयोगी मनहरुले सहयोग गरीरहेको भएपनि लकडाउनले परिस्थिति जटील बनाएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो–‘अवस्था समस्याजनक छ तरपनी काम गर्दै छौ, बजारमा ७ करोड तिर्न बाकी छ । तरपनि हामीले हिम्मत हारेका छैनौं उनले भने ।


प्रतिक्रिया दिनुहोस्