यी हुन् रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जित्ने दुई वैज्ञानिक - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

यी हुन् रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जित्ने दुई वैज्ञानिक



काठमाडौं । सन् २०२० को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गर्ने निर्णय भएको छ । रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार सो निर्णय गरेको हो । उक्त पुरस्कार जर्मनीको म्याक्स प्लान्ट युनिटसहित इमानुयल चारपेन्टियरलाई जीवाणु विज्ञानको अध्ययनसम्बन्धी अनुसन्धानलाई दिइएको छ ।

यसैगरी, क्यालिफोर्निया विश्वविद्यालयका जेनिफर ए डउन्डालाई प्राणी जगतको डिएनए (जेनोम एडिटिङ) मा परिवर्तन गर्न सकिने विधिहरुको विकाससम्बन्धी अनुसन्धानका लागि पनि दिइएको छ । पुरस्कार यी दुई वैज्ञानिकलाई संयुक्त रुपमा दिइने भएको रोयल स्वीडीस् एकेडेमी साइन्सले जानकारी दिएको छ ।सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्