नेपाल प्रहरीमा जागिर खुल्यो, पाँच हजार बढी जवान भर्ना गरिँदै - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपाल प्रहरीमा जागिर खुल्यो, पाँच हजार बढी जवान भर्ना गरिँदै



काठमाडौं । प्रहरी प्रधान कार्यालयले पाँच हजार बढी नयाँ प्रहरी भर्ना गर्न लागेको छ।आजै विज्ञापन निकालेर कार्यलयले प्रहरी जवान पदका लागि ५ हजार २ सय २७ जना नयाँ प्रहरी भर्ना लिन लागेको जानकारी दिएको छ । जसमा खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ । अरू समावेशीतर्फ रहेको कार्यलयले जनाएको छ ।

समावेशीतर्फ सबैभन्दा धेरै कोटा आदिवासी जनजातिका लागि सात सय ३७ वटा कोटा छ। महिलातर्फ चार सय ४१ जना मागेको छ।

त्यसको लागी कात्तिक १६ गतेदेखि मंसिर २३ भित्र इच्छुकले फारम भरिसक्नुपर्ने प्रहरी प्रधान कार्यालयले आज गोरखापत्रमा प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । जसमा ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिनेछ दरखास्त फारमको शुल्क एक सय ५० दस्तुर लाग्ने सुचनामा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्