अष्ट्रियामा नेपाली महिलाद्वारा ३ सन्तानको हत्या, हत्या पछि आत्महत्याको प्रयास - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अष्ट्रियामा नेपाली महिलाद्वारा ३ सन्तानको हत्या, हत्या पछि आत्महत्याको प्रयास



काठमाडौं । अष्ट्रियामा नेपाली महिलाले ३ सन्तानको हत्या गरेकी छिन् । अष्ट्रियाको क्रोने अनलाइनका अनुसार ३१ वर्षिया एक नेपाली महिलाले आफ्नै अपार्टमेन्टमा तीन बच्चाहरुको हत्या गरेकी हुन् ।

घटनाबारे प्रहरीलाई सम्पर्क गर्दा ति महिला नेपाली भएको बताएको अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुवेदीले बताए । ’प्रहरीले ति महिला नेपाली भएको बताएको छ’, उनले भने, ’हामी प्रहरीको सम्पर्कमा छौ।’

आफ्नै आमाले हत्या गरेका तीन छोरीको उमेर उमेर ८ महिना, नौं वर्ष र तीन वर्ष रहेको छ । प्रहरीले महिलाको परिचय खुलाएको भने छैन । हत्या पछि ती महिलाले आत्महत्याको प्रयास गरेकी थिइन् ।

ती महिलाले अष्ट्रियाको समय अनुसार शनिबार बिहान ५ बजे र २० मिनेटमा प्रहरीलाई आफैले खबर गरेकी थिइन् ।

प्रहरी घटनास्थलमा पुग्दा ९ वर्षिया एक बालिका जिवित नै रहेको तर पछि अस्पतालमा लगे पछि निधन भएको बताएको छ । महिलाका श्रीमान पनि अष्ट्रियामा नै बस्दै आएका छन् । घटनाको बारेमा विस्तृत जानकारी आउन बाँकी छ । प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ । हत्याको कारण अझै स्पष्ट नभएको भियना प्रहरीले बताए ।नागरिक न्यूज


प्रतिक्रिया दिनुहोस्