एनआईसी एशिया बैंकले प्रत्येक कारोबारमा १ रुपैयाँ सामाजिक क्षेत्रमा योगदान गर्ने
काठमाडौं । एन आई सी एशिया बैंकले एक उत्तरदायी कर्पोरेट नागरिकको कर्तव्य निर्वाह गर्दै देशका विभिन्न सामाजिक क्षेत्रमा अमुल्य योगदान गरिरहेको सन्दर्भमा नजिकिदै गरेको वडादशैंको अवसरमा ‘Celebrate for Cause’ सामाजिक उत्तरदायित्व योजना ल्याएको छ ।
यस योजना अनुसार बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मोबाइल बैंकिङ्गबाट QR, Utility तथा मर्चेन्ट भुक्तानी गरी हुने प्रत्येक कारोबारमा बैंकको तर्फबाट रू. १ का दरले समाजिक उत्तरदायित्वका लागि योगदान गरिनेछ ।
ग्राहकहरूको चाडपर्वलाई उल्लासमय बनाउने उद्देश्यले बैंकले ‘डिजिटल उत्सव’ योजना डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विभिन्न ब्राण्ड तथा स्टोरहरूमा डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक छुट तथा नगद फिर्ता योजना ल्याएकोमा बैंकले सोही योजनाअन्तर्गत सामाजिक काममा आफ्नो परोपकारी भावनालाई गतिशील रुपमा अगाडी बढाउन ‘Celebrate for Cause’ योजना समेत ‘डिजिटल उत्सव’ मा समावेश गरी ल्याएको हो ।
करिब १२ लाख मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले १ कार्तिक देखि १० कार्तिक २०७७ सम्म गर्नुहुने डिजिटल भुक्तानीलाई यस योजनामा समावेश गरिनेछ । COVID-19 को महामारीका कारण मुलुकका उद्योग, कलकारखाना, विकास निर्माण, बैंक तथा वित्तीय क्षेत्र लगायतका क्षेत्रहरूमा गम्भीर असर पारिरहेको अवस्थाबीच बैंकले यस अभियानमार्फत उक्त १० दिनसम्म संकलन भएको रकम कोरोना महामारीबाट गम्भीर असर भोगिरहेका बृद्धाश्रम, बालगृह जस्ता सामाजिक संस्थाहरूलाई प्रदान गर्नेछ ।
मोबाइल बैंकिङ्गबाट गरिने भुक्तानी निकै लोकप्रिय बनेसँगै ठूलो जनमानसलाई डिजिटल कारोबारतर्फ आकर्षित गर्नका निमित्त बैंकले यस योजनालाई बृहतरूपमा लैजाने सोच बनाएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले ल्याएको यस अभियानबाट सामाजिक संस्थाहरूको हितको रक्षामात्र नभई अप्ठ्यारामा परेका नागरिकहरूलाई आड भरोसा समेत मिल्ने विश्वास बैंकले लिएको छ ।
हाल मोबाइल बैंकिङ्गबाट देशभरका १ लाख ५० हजार भन्दा बढी मर्चेन्टहरूमा QR भुक्तानी एवं विद्युत महसुल, खानेपानी, टेलिफोन, इन्टरनेट, केबुल, मोबाइल रिचार्ज, हवाइ तथा बस टिकटको शुल्क भुक्तानी तथा रकम स्थानान्तरण जुनसुकै स्थानबाट जुनसुकै समयमा गर्न सकिने सुविधा रहेको छ ।
साथै बैंकले ल्याएको आकर्षक एवं अतुलनीय फाइदाले भरिपूर्ण ‘डिजिटल उत्सव’ योजनामा ग्राहक महानुभावहरूले कार्तिक १गते देखि मंसीर ५ गतेसम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गरी मोबाइल बैंकिङ्ग तथा कार्डबाट डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक नगद छुट तथा नगद फिर्ताको लाभ लिन सक्नु हुनेछ । साथै अनलाइन किनमेललाई प्रोत्साहन गर्न Sastodeal, Gyapu Marketplace, Thulo Pasal, Infistore, Okdam र Kalmart जस्ता ई–कमर्शबाट बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ताको योजना असोज २७ गतेदेखि कार्तिक १ गतेसम्म समेत बैंकले सञ्चालन गरिरहेको छ । बैंकले अझ बढी यस्ता योजनाहरू थप गर्दै ग्राहकहरूलाई डिजिटल कारोबारमा आकर्षित गरी नेपाल सरकारको Digital Nepal Framework अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकहरूलाई आकर्षित गरी मुलुकको अर्थतन्त्रलाई Cashless Economy बनाउन सहयोग पुर्याउने लक्ष्य लिएको छ ।










