फेरी लोकसेवा आयोगको परीक्षा अनिश्चित कालका लागि स्थगित भयो
काठमाडौं । लोकसेवा आयोगले निर्धारित सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । आज एक सुचना जारी गदै आयोगले यही कात्तिक १६ गतेदेखि गर्न लागिएको निजामती, सुरक्षा एवं संगठित संस्थाका सबै परीक्षाहरु स्थगित भएको जानकारी दिएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस कोभिड १९ का कारण आयोगबाट सञ्चालन हुने परीक्षामा सम्मिलित हुने उम्मेदवारहरुमा सिर्जना भएको भय एवं आयोगका कर्मचारीहरुसमेत कोरोना भाइरसबाट सक्रंमित भई परीक्षासँग सम्बन्धित मुख्य शाखाहरू समेत बन्द गर्नुपरेको र कर्मचारीहरू आइसोलेसनमा रहेको कारण परीक्षा व्यवस्थापनमा जनशमि खटाउन एवं परीक्षा व्ज्यवस्थापन गर्न समस्या भई तत्काल परीक्षा सञ्चालन गर्न कठिनाई उत्पन्न भएको’ आयोगले निकालेको सुचनामा उल्लेख गरिएको छ ।
आयोगले केही दिन अघि मात्र कोरोना संक्रमित व्यक्तिलाई परीक्षामा सामेल नगर्ने जनाएको थियो ।













