८ श्रावण २०८३, शुक्रबार

काठमाडौंको तीनकुनेमा एक पुरुषको शव फेला



काठमाडौं । काठमाडौंको तीनकुने पुलमुनि एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । बागमती नदीले बगाएर ल्याएको अवस्थामा पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।स्थानीयले पुलमुनि बेवारिसे अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अहिलेसम्म शव कसको पहिचान हुन नसकेको तीनकुनेका प्रहरी नायब उपरीक्षक डीएसपी दक्ष बस्नेतले बताए ।
बागमती नदीको किनारबाट शव निकालेर पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्