यसकारण अब चीन जान पीसीआर र एन्टीबडी टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य
काठमाडौं । चीन जानको लागी अब चिनियाँ, नेपाली र अन्य विदेशी नागरिकले न्यूक्लिक एसिड पीसीआर र एन्टीबडी टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने भएको छ ।
त्यस्तै सिरम आइजीएम एन्टीबडी परीक्षणको नेगेटिभ रिपोर्ट पनि प्रस्तुन गर्नुपर्ने स्रोतले जनाएको छ ।
विश्वभर नै फैलिरहेको कोरोना भाइरस कोभिड १९ पछिल्लो समयमा कम भएपनी चीन सरकारले सो नीति लागु गरेको हो । नेपाल बाहेक अमेरिका, रसिया र बेलायतमा पनि चीनले सो नियम लागु गरेको छ ।












