एक करोड हुन्डीसहित काठमाडौंबाट ३ जना पक्राउ
काठमाडौं । एक करोड हुन्डीसहित प्रहरीले काठमाडौंमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल रहेको प्रहरीले जानकारी दिएको छ ।
सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरुलाई काठमाडौंको ओमबहालबाट पक्राउ गरेको हो ।उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।















