१८ भदौ २०८३, बिहिबार

प्राइम बैंकले साढे ३ अर्बको डिबेञ्चर जारी गर्दै



काठमाडौं । प्राइम कमर्सियल बैंकले तीन अर्ब ५० करोड रुपैयाँको डिबेञ्चर जारी गर्ने भएको छ । बैंकले ८ वर्ष अवधीको डिबेञ्चर जारी गर्ने निर्णय गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

आरबीबी मर्चेण्टलाई बिक्रि प्रबन्धक तोकिएको डिबेञ्चरले ८.७५ प्रतिशत प्रतिफल सुनिश्चित गरिएको छ । ३ अर्ब ५० करोडमध्ये सर्वसाधारणका लागि १ अर्ब ४० करोड रुपैयाँ र प्राइभेट प्लेसमेन्टका लागि २ अर्ब १० करोड रुपैयाँ छुट्याईएको छ ।