१८ भदौ २०८३, बिहिबार

ऋणपत्र निष्काशन गर्न प्राइम बैंकले अनुमति माग्यो



काठमाडौं । प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा अवेदन दिएको छ । बैंकले कार्तिक १४ गते बोर्डमा आवेदन दिएको हो ।

बैंकले १ हजार अंकित दरका ३५ लाख कित्ता बराबरको ३ अर्ब ५० करोड रकम बराबरको ऋणपत्र निष्काशनको लागि अनुमति माग गरेको हो । जस मध्ये १ अर्ब ४० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि निष्काशन हुने छ भने २ अर्ब १० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजि तवरबाट बिक्रि हुने छ ।

८ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ८.७५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । ऋणपत्र निष्काशनको लागि बैंकले आरबिबि मर्चेन्ट बैंकिंगलाई बिक्रि प्रबन्धक चयन गरेको छ । धितोपत्र बोर्डले अनुमति दिएपछि बैंकले ऋणपत्र निष्काशन गर्ने छ ।