२ महिनामा झण्डै ७८ अर्ब वैदेशिक ऋणको प्रतिबद्धता - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

२ महिनामा झण्डै ७८ अर्ब वैदेशिक ऋणको प्रतिबद्धता



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारलाई झण्डै ७८ अर्ब रुपैयाँ वैदेशिक ऋणको प्रतिबद्धता प्राप्त भएको छ । अर्थ मन्त्रालयका अनुसार दुई महिनामा ७७ अर्ब ७२ करोड रुपैयाँ वैदेशिक ऋणको प्रतिबद्धता प्राप्त भएको छ । यस्तै ६ अर्ब ३५ करोड रुपैयाँ वैदेशिक अनुदानको प्रतिबद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

दुई महिनामा वैदेशिक अनुदान र ऋण गरेर ८४ अर्ब ७ करोड रुपैयाँको प्रतिबद्धता प्राप्त भएको छ । यो अघिल्लो वर्षको दुई महिनाको तुलनामा ५ सय ८१ प्रतिशतले धेरै हो । कुल प्रतिबद्धतामध्ये ऋणको हिस्सा ९२ दशमलव ४ प्रतिशत रहेको छ भने अनुदानको हिस्सा ७ दशमलव ६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको साउन र भदौमा वैदेशिक ऋणको प्रतिबद्धता नै प्राप्त भएको थिएन ।


प्रतिक्रिया दिनुहोस्