जोई बाईडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित, विभाजित हैन, एकताबद्ध पार्ने प्रतिबद्धता - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जोई बाईडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित, विभाजित हैन, एकताबद्ध पार्ने प्रतिबद्धता



काठमाडौं । अमेरिकामा जारी राष्ट्रपतिय निर्वाचनको मतगणनामा डेमोक्र्याटिक उम्मेदवार जोई बाइडेन निर्वाचित भएकाल छन् । यद्यपि अन्तिम नतिजा भने सार्वजनिक भईसकेको छैन । डेमोक्र्याटिक उम्मेदवार बाइडेनले राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने २७० इलेक्ट्रोरल भोट प्राप्त गरिसकेका छन् । अझै ३ राज्यमा मतगणना जारी रहेकोले अन्तिम नतिजा भने सार्वजनिक हुन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमेरिकाका ४६ औं राष्ट्रपति चयन गर्न यही नोभेम्वर ३ मा भएको निर्वाचनपछि ४ दिन लामो मतगणनाबाट बाईडेन नयाँ राष्ट्रपति बन्न पक्का भएको हो । राष्ट्रपतिमा निर्वाचित हुने सुनिश्चित भएपछि बाईडेनले आफू सिंगो अमेरिकी जनताको राष्ट्रपति बनेर काम गर्ने र जनताले आगामी कार्यकाल राष्ट्रपति बन्न स्पष्ट म्याण्डेड दिएको धन्यवाद ज्ञापन गरेका छन् ।

बीबीसीको अनुमान अनुसार महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा वाइडनले जित हात पारेका छन् र सो जितसँगै बाइडनलाई ह्वाइट हाउसमा पुग्न चाहिने २७० इलेक्टोरल ल कलेज भोटको सीमा पार भएको छ । अमेरिकामा राष्ट्रपतीय निर्वाचनबाट ५३८ इलेक्टोरल भोट मध्ये २७० ल्याउने अर्थात बहुमत भोट ल्याउने व्यक्ति नै राष्ट्रपतिमा निर्वाचित हुन्छन् ।

अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपछि डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडनले देशलाई “विभाजित हैन एकताबद्ध पार्ने” प्रतिबद्धता व्यक्त गरेका छन्। शनिवार बोल्दै उनले जनताले आफूलाई स्पष्ट रूपमा जिताएको भन्दै कृतज्ञता प्रकट गरे।

बाइडनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अहिलेसम्म परेको सर्वाधिक ७.४ करोड भोटसहित आफू निर्वाचनमा विजयी भएको बताए। “म तपाईँहरूले मप्रति देखाउनुभएको विश्वासबाट अनुगृहीत छु,” उनले भने।

‘म विभाजन गर्न खोज्ने हैन बरु एकताबद्ध गर्ने राष्ट्रपति बन्ने वाचा गर्छु,’ उनले भने, ‘जसले राता र नीला राज्य हैन, केवल संयुक्त राज्य ‘अमेरिका’ देख्छ।’ अमेरिकामा डेमोक्र्याट पार्टीले नीलो रङ्ग र रिपब्लिकन पार्टीले रातो रङ्ग प्रयोग गर्छन्। बाइडनले ती दुई दलले जितेका राज्यलाई ती भिन्न रङ्गबाट सम्बोधन गरिने कुराको सङ्केत गरेका हुन्।बीबीसी


प्रतिक्रिया दिनुहोस्