बाउन्स चेक काट्ने रौनियारलाइ प्रहरीले पक्राउ गर्यो
काठमाडौं । सापटीको रकम फिर्ता गर्दा पैसा नभएको चेक काट्नेलाई प्रहरीले पक्राउ गरेको छ । खातामा रकम नभई चेक काट्ने सत्यनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको हो ।
उनका विरुद्धा मन्दीपकुमार थापा र सन्तोषकुमार चौधरीले उच्च अदालत पाटनमा किटानी जाहेरी दिएका थिए । उच्च अदालत पाटनले २०७५ चैत १० र २०७६ फागुन २७ गते रौनियार विरुद्ध फैसला गरेको थियो ।
फैसलामा रौनियारलाई ४५ दिन जेल सजाय र ७० लाख सुनाइएको थियो । दुबै जनाले रौनियारलाई सापटी भन्दै रकम दिएका हुन् । उच्च अदालतले फैसला सुनाएपछि उनी लुकेर बसेका थिए । प्रहरीको टोलीले रौनियारलाई पक्राउ गरी पर्सा जिल्ला अदालतमा पेश गरेको छ ।










