गुराँस लाइफको छलाङ खुद नाफा ४ करोड २७ लाख, बीमा शुल्क दोब्बरले बृद्धि, अन्य अवस्था यस्तो छ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

गुराँस लाइफको छलाङ खुद नाफा ४ करोड २७ लाख, बीमा शुल्क दोब्बरले बृद्धि, अन्य अवस्था यस्तो छ



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा गुराँस लाइफले ४ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १ करोड ८ लाख रुपैयाँ ले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले ३ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९६ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११४.६२ प्रतिशतले बृद्धि भएको हो । गत बर्ष कम्पनीले ४४ करोड ८५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १४ करोड २९ लाख रुपैयाँ खुद दाबी भुक्तनी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ५० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

त्यस्तै कम्पनीको १ अर्ब ८७ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । त्यस्तै जगेडा कोषमा ५६ करोड ६२ लाख रुपैयाँ संचिती रहेको छ । त्यस्तै, जीवन बीमा कोषमा ८ अर्ब ५० करोड ५ लाख र महाविपत्ती कोषमा ४ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

यसैगरी कम्पनीले हालसम्म इन्स्योरेन्सले १० अर्ब ९९ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले ४९९ दाबी वापत १४ करोड ७२ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ११ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ३२ रुपैयाँ ८२ पैसा र मूल्य आम्दानी अनुपात ६६.६० गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्