पत्रकार अब श्रमिक मात्र होइन उद्यमी पनि बन्नु पर्छः सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारले अब उत्पादनशिलता र उद्यमशिलतालाई पनि ध्यानदिनु पर्ने बताएका छन् ।
शनिबार आयोजित आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौँ महासभाको सम्बोधनका क्रममा मन्त्री गुरुङले आर्थिक क्रान्तीका लागि अब पत्रकार पनि उद्यमी बन्नु पर्ने बताएका हुन् ।
‘आर्थिक क्रान्तिका निम्ति हामी हरेक व्यक्ति व्यावसायिक बन्नुपर्छ, पत्रकारहरु पनि उत्पादनमा जोडिनु पर्छ, पत्रकारहरु उत्पादन, उद्यमशिलतामा नजोडिने हो भने पत्रकारले उठाइरहने आर्थिक मुद्धा के हुन्छ ? त्यसैले हामी उत्पादनमा जोडिनु पर्छ । पत्रकारितालाई पनि उद्यमशिलतामा रुपान्तरण गर्नु पर्यो,’ उनले भने ।
‘हामी श्रमजिवी पत्रकारले चाँहि श्रम गरिरहने अनि लगानीकर्ताहरु मोटाइरहने हुनु हुँदैन, यो दुरी घटाउनु पर्छ, आफ्नो पेशा व्यावसायको गरिमा उच्च राख्न सधै सकारात्मक भूमिका खेल्नुपर्छ,’ उनले थपे ।













