सान्जेन जलविद्युत कम्पनीको साधारणसभा पुस २४ गते ,के – के छन प्रस्ताबहरु ?
काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको साधारणसभा आउदो पुस २४ गते हुने भएको छ ।
शुक्रबार दिउसो बसेको सञ्चालक समितकिो बैठकले कम्पनीको साधारण सभा पुस २४ गते चिलिमे जलविद्युत कम्पनीको सभाहल धुम्बाराहीमा गर्ने एक सुचना जारी गदै जानकारी दिएको छ ।
साधारणसभामा संचालक समितिको तर्फबाट आर्थिक बर्ष २०७६ ७७ को बार्षिक प्रतिवेदनको प्रस्तुति र छलपल गर्ने जनाएको छ । त्यस्तै लेखापरिक्षकको नियुतmी लगायत अन्य विषयमा छलफल हुने कम्पनीले जनाएको छ ।













