पुनर्बीमा कम्पनीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पुनर्बीमा कम्पनीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पाँचौं वार्षिक साधारण सभा गर्ने भएको छ ।
हिजो मंगलबार बसेको संचालक समितिको बैठकले कम्पनीको पाँचौ साधरण सभा गर्न निणर्य गरेको एक सुचना जारी गदै जानकारी दिएको छ ।

साधारण सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षण प्रतिवेदन पारित गर्ने प्रस्ताव पारित गर्ने भएको छ। साथै कम्पनीले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव राखेको छ । साधरण सभाको लागी कम्पनीकोे पुस १६ गतेदेखि बुक क्लोज हुने छ । पुस १५ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउने छन ।

साधरण सभा पुस २९ गते कार्की ब्यांक्वीटमा बिहान ११ बजे सभा हुने छ ।


प्रतिक्रिया दिनुहोस्