उखु किसानहरुले भुक्तानी पाउनु पर्ने तथा चिनी उद्योगहरुको समस्या समाधान गर्न सरकार अग्रसर हुनुपर्छ : उद्योग परिसंघ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

उखु किसानहरुले भुक्तानी पाउनु पर्ने तथा चिनी उद्योगहरुको समस्या समाधान गर्न सरकार अग्रसर हुनुपर्छ : उद्योग परिसंघ



काठमाडौं । नेपाल उद्योग परिसंघले उखु किसानहरुबाट खरिद गरेको उखुको बाँकी रहेको रकम अविलम्ब भुक्तानी गर्न चिनी उद्योगहरुसँग आग्रह गरेको छ ।आपसी असमझदारी तथा अन्य कतिपय समस्याका कारण समयमै भुक्तानी हुन नसकेको हकमा समस्यालाई लम्ब्याउँदा दुबै पक्षलाई हानी पुग्न जाने भएकाले समाधानतर्फ सबैको ध्यान पुग्नु पर्ने ठहर परिसंघको छ ।

बक्यौता रकम भुक्तानी दिन सुरु गरेका तथा अधिकतम भुक्तानी गरिसकेका उद्योग तथा उद्योगीहरुको हकमा सरकारले अघि बढाएका कारबाही वा अन्य कदमहरु फिर्ता लिएर किसान र उद्योगबीचको सम्बन्ध सुधार तथा भुक्तानी प्रक्रियाको वातावरण थप सहज बनाउन पनि परिसंघले अनुरोध गरेको छ ।

उखु उत्पादन किसानको रोजीरोटी तथा चिनी उद्योगले अत्यावश्यक वस्तुको माग पुरा गर्न योगदान गर्ने भएकोले चिनी उद्योगका समस्या समाधानमा सबै पक्षको संलग्नतामा ठोस समाधानको प्रयास थाल्न पनि परिसंघले सरकारसँग अपिल गरेको छ ।


प्रतिक्रिया दिनुहोस्