नेकपा विवादले प्रदेश सरकार संकटमा, बागमती प्रदेशका मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वासको प्रश्ताव - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेकपा विवादले प्रदेश सरकार संकटमा, बागमती प्रदेशका मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वासको प्रश्ताव



काठमाडौं । केन्द्रमा देखिएको नेकपा विवाद प्रदेश सरकारमा पनि देखिन थालेको छ । बागमती प्रदेशमा प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री डोरमणी पौडेल रहेका छन ।

बागमती प्रदेश सरकारमा प्रचण्ड–माधव नेपाल निकट मन्त्रीहरु शालिकराम जम्कटेल, अरुण नेपाल र युवराज दुलालले राजिनामा दिएका छन । बागमती प्रदेशमा प्रचण्ड माधव नेपाल पक्ष मिल्दा ओली पक्ष अल्पमतमा पर्ने देखिएको छ ।

बागमती प्रदेशमा ११० जना सांसद रहेका छन । नेकपाका नेपाल–प्रचण्डपक्षका ४५ जना सांसदहरुले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रश्ताव दर्ता गरेका छन ।


प्रतिक्रिया दिनुहोस्