महासङ्घको गण्डकीमा कोइराला र सुदूरपश्चिममा बोगटी विजयी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीवबहादुर कोइराला निर्वाचित भएका छन ।
हिजो सम्पन्न भएको निर्वाचनमा प्रतिस्पर्धी हरिओम शर्मा लामिछानेलाई पराजित गर्दै कोइराला दोस्रोपटक महासङ्घको प्रदेश अध्यक्षमा विजयी भएका छन ।
कोइरालाले २८ प्रतिशत मतले शर्माले पछि पार्दै आफ निर्वाचीत भएक छन ।अध्यक्षबाहेक अन्य पदमा भने सर्वसम्मत भएक छन । जिल्ला नगरतर्फको उपाध्यक्षमा ओमप्रसाद पौडेल सर्वसम्मत निर्वाचित भए । एशोसिएटतर्फ उपाध्यक्षमा मोतीप्रसाद पौडेल र कोषाध्यक्षमा श्रवणकुमार जोशी सर्वसम्मत निर्वाचित भएका छन । त्यस्तै यसैगरी सदस्यमा धर्म बस्याल, मङ्गलप्रसाद श्रेष्ठ, लीलाबहादुर अधिकारी, युवराज राजभण्डारी र उत्तमकुमार कर्माचार्य र एशोसिएट सदस्यमा सूर्य भुजेल चयन भए ।निर्वाचित कोइरालाले ५४ प्रतिशत र लामिछानेले २६ प्रतिशत मतभार प्राप्त गरेका थिए ।
महासंघको सुदूरपश्चिम प्रदेश अध्यक्षमा बोगटी विजयी
त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा शङ्कर बोगटी विजयी भएका छन । शनिबार भएको महासङ्घको चौथो वार्षिक साधारणसभामा बोगटी सर्वसम्मत अध्यक्ष पदमा चयन भएका हुन । उपाध्यक्षमा कैलाली टीकापुरका रामबहादुर भण्डारी पनि सर्वसम्मत चयन भएका छन । एशोसिएट उपाध्यक्षमा कैलालीकै अनिलकुमार भुजनिया र कोषाध्यक्षमा बझाङका दानकुमार शर्मेली विजयी भएको उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमले जनाएको छ ।













