आइतबार नेप्सेमा पहिरो, ३९.९८ अंकले घटेर १९९८.६५ मा बन्द, कारोबार रकम पनि घट्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आइतबार नेप्सेमा पहिरो, ३९.९८ अंकले घटेर १९९८.६५ मा बन्द, कारोबार रकम पनि घट्यो



काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा पहिरो गएको छ । प्रिओपनिङमा सामान्य अंकले बढेको नेप्से कारोबार बन्द समयमा ठूलो संख्यामा गिरावट आएको हो ।

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९.९८ अंकले घटेर १९९८.६५ अंकमा बन्द भएको छ । त्यस्तै, आइतबार २०४ कम्पनीको ७७ लाख ६८ हजार २२६ कित्ता ४० हजार ३४६ पटक किनबेच हुँदा ४ अर्ब ३७ करोड ६५ लाख १६ हजार ६४४ रुपैयाँको कारोबार भएको छ । आइतबार सबै समूह रातामम्य भएको छ ।

आइतबार बैंकिङ समूह २३.१२, जीवन बीमा समूह ५१९.४८ र म्युचुअल फण्ड समूह ०.०५, ट्रेडिङ समूह ७.३१ अंक, होटेल समूह ९३.११ अंक, बिकास बैंक समूह १०.२९ अंक, हाइड्रो पावर समूह ३०.६९ अंक, फाइनान्स समूह ५.०३ अंक, निर्जीबन बीमा समूह २३८.४५ अंक, उत्पादन समूह ४६.०४ अंक, माइक्रो फाइनान्स समूह ४१.८५ अंक र अन्य समूहले ४३.१७ अंकले घटेको छ । आइतबार सबैभन्दा बढि जीबन बीमा समूहका लगानीकर्ताले धेरै गुमाएका छन् ।

Sub-IndicesCurrentPoints Change%Change
Banking1,524.3023.121.49  
Trading1,971.127.310.37  
Hotels1,903.2293.114.66  
Development Bank2,145.1210.290.48  
HydroPower1,579.0330.691.91  
Finance863.575.030.58  
Non Life Insurance9,302.49238.452.5  
Manu.& Pro.4,801.6646.040.95  
Others1,525.2643.172.75  
Microfinance3,183.2641.851.3  
Life Insurance13,184.70519.483.79  
Mutual Fund11.310.050.4  


प्रतिक्रिया दिनुहोस्