चापागाईंको विदा नहुँदै सुरु भयो नयाँ बीमा कम्पनी दर्ताको चलखेल, अन्नपुर्ण रि देखी ५ ओटा नयाँ कम्पनी आउने
काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले आफ्नो कार्यकाल सकिनु अघिनै घर विदामा बसेका छन । चापागाईंको पदावधी यही पुस २२ गतेबाट सकिँदैछ । बीमा समितिका अध्यक्षको पदावधी सकिने बेला विगतमाझैँ नयाँ कम्पनी दर्ताको चलखेल सुरु भएको चर्चा छ । बीमा कम्पनीहरू दर्ता गरिदिएर पाइपलाइनमा हालि पैसा असुल्न खोजेको चर्चा छ ।
यसअघि बीमा समितिको अध्यक्षको पदावधी सकिएर नयाँ अध्यक्ष नियुक्त हुने मौका पारेर ठूलो संख्यामा नयाँ कम्पनीहरू दर्ता भएका थिए । त्यस्तै, पूर्वअध्यक्ष फत्तबहादुर केसी विदामा बसेको बेलामा ज्योति लाइफ नामक कम्पनी गुपचूप दर्ता गरिएको थियो । जुन कम्पनीले पछि लाइसेन्ससमेत पायो ।
उक्त घट्नाको ठीक चार वर्षपछि पुनः नयाँ कम्पनी दर्ता गर्ने भन्दै बजाका केही बीमा माफियाहरु भेटघाट, मिटिङ गर्न थालेका छन् । चापागाईंले आफू बिदा हुने बेलामा पछिल्लोपटक पोखरामा नयाँ कम्पनी दर्ता गर्न खोज्ने विभिन्न पाँचवटा समूहको बैठक भएको बताएका थिए ।
पहिले वीमा कम्पनी खोल्न खोजेर पनि नपाएका समूह अहिले पैसाको बलमा कम्पनी दर्ता गराउन मरिमेटेर लागेका छन् । यसमा चौधरी समूहदेखि गैरआवासीय नेपालीको समूहसमेत छ । उद्योग बाणिज्य महासघको चुनावमा बनेको व्यापारीहरूको समूहले विभिन्न गुट मिल्दै यस्तो प्रयास गरिरहेका छन् । जसमा कार्यकाल सकिन लागेका अध्यक्ष चापागाईंको पैसा कमाउने मोहले काम गरिरहेको छ ।
थप पाँचवटा नयाँ कम्पनी दर्ता गर्ने भन्दै लगानीकर्ताहरूसँग पैसा उठाउने काम समेत सुरु भएको एक स्रोतले जनाएको छ । जसमा अन्नुपुर्ण रि–इन्स्योरेन्स कम्पनी पनि दर्ताको प्रक्रियामा रहेको छ ।













