मंगलबार सेयर बजार करेक्सन, ५.५७ अंकले बढ्यो नेप्से, ४ अर्व ९ करोडको कारोबार
काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य करेक्सन भएको छ । सोमबार ८.५७ अंकले बढेको सेयर बजार मंगलबार भने ५.५७ अंकले बढेको छ ।

आइतबार ब्रोकर कमिसिनको कारण घटेको सेयर बजार विस्तारै करेक्सनको बाटोमा लागेको छ । मंगलबार सेयर बजारमा २०९ कम्पनीको ४ अर्व ९ करोड २२ लाख २७ हजार ८०२ रुपैयाँको कारोवार भएको छ ।
मंगलबार सेयर बजारमा २०१२.८९ अंकमा पुगेर बन्द भएको छ । ८ लाख १ हजार ३ सय १४ कित्ता सेयर कारोबार भएको थियो । कारोवारको सुरुवातमा केही बढेको सेयर बजार मध्यान्हमा २०३० सम्म पुगेको बजार पुन घटेको थियो ।













