१८ भदौ २०८३, बिहिबार

इन्भेष्टमेन्ट बैंकले बोलायोे साधारण सभा, बुकक्लोज कहिले ?



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले साधरण सभा बोलायको छ ।

शुक्रबार बसेको संचालक समितिको बैठकले माघ ८ गते बिहिबार १० बजे केन्द्रिय कार्यालय, दरबारमार्गमा ३४ औँ वार्षिक साधारण सभा गर्ने निणर्य गरेको हो । कम्पनीले साधरण सभाबाट आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने भनेर घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ ।

गएको आर्थिक वर्षको अन्त्यसम्ममा कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र ५।५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने बम्पनीले जनाएको छ । साधरण सभाको लागी बैंकले पुस २२ गतेदेखि साधरण सभा गर्नको लागी बुकक्लोज गर्ने छ ।

साधरण सभामा भिडियो कन्फरेन्सको माध्यमबाट पनि सहभागि हुन सकिने बैंकले जनाएको छ ।