चन्द्रागिरी हिल्सको आईपीओ बाँडफाँट आज
काठमाडौं । चन्द्रागिरी हिल्सले चन्द्रागीरीका स्थानिय बासिहरुलाई बिक्री गरेको साधारण शेयर आज बाँडफाँट गर्ने जनाएको छ ।
गएको मंसिर १७ गतेदेखि निष्काशन गरेको पुस १ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ६ हजार ८सय १९ कित्ता साधारण शेयर बाँडफाँट गर्न लागेको कम्पनीले जनाएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र काठमाडौँ जिल्ला अन्तर्गत चन्द्रगिरी नगरपालिका वडा नम्बर ३, ४, ६ र ७ ९ साविक थानकोट गाविसका सम्पूर्ण वडाहरु तथा साविक महादेवस्थान गाविस वडा नम्बर ३, ४, ५, ६, ७ र ८० एवं मकवानपुर जिल्ला अन्तर्गत थाहा नगरपालिका वडा नम्बर ९ र १० ९साविक चित्लाङ्ग गाविसका सम्पूर्ण वडाहरु० र इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५ ९साविक फाखेल गाविसका सम्पूर्ण वडाहरुमा स्थायी बसोबास गर्ने नेपाली नागरिकहरुका लागि सो शेयर निष्काशन गरेको थियो ।
शेयर आज दिउँसो ३ बजे कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्सालमा बाँडफाँट हुने छ ।















