बुधबार सेयर बजार ४९ .१७ अंकले बढ्यो, ४ अर्व ४४ करोडको कारोबार
काठमाडौं । बुधबार शेयर बजार परिसूचक मापक नेप्से बढेको छ । सोमबार ८.५७ अंक,मंगलबार ५.५७ अंकले बढेको शेयर बजार आज भने ४९.१७ अंकले बढेको छ ।
आज २ सय ८ ओटा कम्पनीको ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५ सय ७९ रुपैयाँको कारोबार भएको छ ।
आज शेयर बजार २ हजार ६२ .६ अंकमा पुगेर कारोबार बन्द भएको हो ।आज प्रि–ओपनिङ्गमा शेयर बजार परिसूचक मापक नेप्से १०।७० अंकले बढेको थियो ।














