राष्ट्रिय खेलकुद परिषद्ले कृषि विकास बैंक मार्फत बैंकिङ्ग कारोवार गर्ने
काठमाडौं । देशको खेल विकासमा महत्वपूर्ण योगदान दिएको राष्ट्रिय खेलकुद परिषद् राखेपले आप्mना सम्पूर्ण बैंकिङ्ग कारोवार कृषि विकास बैंक मार्फत गर्ने भएको छ ।
यस सम्वन्धमा मंगलबारे दुवै संस्था बिच सम्झौता भएको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय सहित उच्च पदस्त कर्मचारीहरुको उपस्थितिमा मंगलवार सम्झौता भएको हो ।
दश बर्षे सम्झौता पत्र आदन प्रदान गदै सदस्य सचिव सिलवालले भन्नु भयो–सहकार्यले दुवै संस्थालाई एक ठाउँमा ल्याएको छ, यसको लाभ स्वभाविक रुपमा दुवैलाई मिल्छ । बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपाली खेलकुदसँग प्रत्यक्ष रुपमा जोडिन पाउँदा संस्था गौरवान्वित भएको बताउनु भयो । उहाँले भन्नु भयो नेपाली खेलकुदको विकास र विस्तारमा योगदान पुर्याउने उद्देश्यले सहकार्यका लागि अगाडि बढेका हौं ।
दश बर्षको लागि भएको सम्झौतामा बैंकले राखेपका ५ बर्ष स्थायी सेवा अवधि पुरा गरेका कर्मचारीलाई बिना धितो १५ लाख सम्म तलबी खाता कर्जा तथा सापट उपलब्ध गराउने छ । परिषद्ले संचालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्र लगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम संचालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिनेछ ।
यस्तै राखेपले सवै बैंकिङ्ग कारोवार कृषि विकास बैंक मार्फत गर्नेछ । देशका ७७ जिल्लामा नेटवर्क रहेका दुई संस्था बिचको सम्वन्धले बैंकिङ्ग सेवालाई सहज वनाई वित्तीय सेवा व्यवस्थापनमा सहयोग पुग्न जाने देखिन्छ । परिषद्ले बैंक मार्फत सेवा लिदाँ सेवा शुल्कमा सहुलियत हुनेछ भने एकिकृत कारोवार गर्न सहजता हुनेछ । सम्झौता अनुसार बैंकले परिषद् र परिषद्मा आवद्ध कर्मचारीलाई निःशुल्क विद्युतीय भुक्तानीका सेवा उपलब्ध गराउने छ भने संस्थागत सामाजिक उत्तरदायित्वको निश्चित रकम परिषद् मार्फत खेल क्षेत्रमा खर्च गर्नेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले विगतलाई स्मरण गराउँदै भन्नु भयो– भलिवलका राष्ट्रिय खेलाडीलाई संस्थामा आवद्ध गरेर खेलकुदमा संलग्नता गरेको हाम्रो संस्था पुनः खेलकुदसँग जोडिएको छ । अवश्य पनि नतिजा फलदाय हुने छ । उहाँले थप्नु भयो–केन्द्रमा मात्र होईन, जिल्ला प्रदेशमा रहेको हाम्रो संस्थाको माध्यमले पालिका सम्म सहकार्य गर्न सकिन्छ ।












