नेप्से सूचकले तोड्यो रेकर्ड, ५७.८३ अंकले बढेर २१४५.११ अंकमा पुगेर अहिलेसम्म कै उच्च
काठमाडौं । अंग्रेजी नयाँ बर्ष २०२१ को सेयर बजार पहिलो दिनमा नै रेकर्ड तोड्न सफल भएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५७.८३ अंकले बढेर २१४५.११ अंकमा पुगेर रेकर्ड तोडेको हो । नेप्से १ बजेर ११ मिनेटमा नेप्से सूचक ५०.२० अंकले बढेर यस अघिको रेकर्ड तोडेको हो । समाचार तयार पार्दासम्म २०४ कम्पनीको सेयर कारोबार हुँदा ३ अर्ब १६ करो भन्दा बढिको काराबोर भएको छ ।
अहिलेसम्म २ वटा कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालयन डिस्टिलरी र एसटीसीको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेको हो । उता नारायणी डेलभमेन्ट बैंकको सेयरमूल्यमा भने १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ ।












