आइतबार नेप्सेमा हरियाली, एकै दिन ८८ अंकले बढेर तोड्यो रेकर्ड
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । आइतबार सेयर बजार ह्वात्तै बढेको छ । कारो्वारको सुरुवाती देखी बढ्दै आएको सेयर बजार निरन्तर उकालो लागेर उच्च विद्युमै पुगेर बन्द भएको छ ।
लामो समयपछि सेयर बजार एकै दिन ८८.१२ अंकले बढेको हो । आइबतबार सेयर बजारमा नयाँ रेकर्ड कामय गरेर बढ्यो भने कारोवार पनि ६ अर्व ३४ करोड ४० लाखभन्दा बढीको कारोवार भएको छ ।
सेयर बजारमा आज बीमा समुहको सेयर उल्लेख्य बढ्यो भने त्यस्तै बैंक समुहले पनि पछ्याइरहेको थियो । आइतबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स र प्राइम कमर्सियल बैंकको झण्डै ५० करोडभन्दा माथीको कारोवार भएको छ । १७ ओटा कम्पनीको १० करोडभन्दा माथीको कारोवार भएको छ ।

आइतबार हिमालयन डिष्टिलरी, साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल पुनर्बीमा कम्पनी र प्राइम कमर्सियल बैंकको सेयर मूल्य १०÷१० प्रतिशतले वृद्धि हुँदा बजार बढेको हो । ८८ अंकले बढेको बजारमा २१२ कम्पनीका १ करोड ४० लाख कित्ता सेयर कारोवार भएको छ । आइतबार २१२ कम्पनीका १ करोड ४० लाख २६ हजार ८८६ सेयर कारोवार भएको छ ।













