सोमबार सुनको मूल्यमा ८ सय रुपैयाँले बढ्यो, कतिमा हुँदै छ कारोबार ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सोमबार सुनको मूल्यमा ८ सय रुपैयाँले बढ्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । सोमबार सुनको ८ सय रूपैयाँले बढेर तोलामा ९५ हजार ३ सय रूपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुनको मूल्य ३ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य २५ रुपैयाँ बढेर १३ सय २५ रुपैयाँमा कारोबार भएको छ ।

आइतबार छापावाल सुनको मूल्य स्थिर रहेर तोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुनको मूल्य स्थिर रहेर तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य पनि स्थिर रहेर १३ सय रुपैयाँमा कारोबार भएका थियो ।

साताको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य ४ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । शक्रबार तेजाबी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेर १३ सय रुपैयाँमा कारोबार भएका थियो ।


प्रतिक्रिया दिनुहोस्