पहिलो त्रैमासमै १८ करोड कमाएको नेफ्रा बैंकको ८ अर्वको आईपिओ माघ २ गतेबाट
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्वको आईपिओ आगामी माघ २ गतेबाट विक्री खुला भएको छ । नेपालकै पहिलो पुर्वाधार विकास बैंकले हालसम्मकै सर्वाधिक ठुलो आईपिओ निश्कासन गर्न लागेको हो ।
माघ २ गते शुक्रबार देखी पुर्वाधार विकास बैंककले आफ्नो चुक्तापुँजीको ४० प्रतिसत अर्थात ८ अर्वको साधारण सेयर निष्कासन गर्ने भएको छ । बैंकको चुक्ता पुँँजी २० अर्व रहेको छ । जसमा संस्थापकहरुको १२ अर्व रहेको छ भने सर्वसाधारणको ८ अर्व रहनेछ । चालु आवको पहिलो त्रैमासमै १८ करोड नाफा कमाएको सो बैंकको सेयरमा सर्वसाधारणको चासो देखिएको छ ।
कम्पनीले ०.२ प्रतिशत सेयर कर्मचारी र ५ प्रतिशत हाराहारी सेयर सामूहिक लगानी कोष कम्पनीको लागी छुट्याइएको छ । नेफ्रा बैंकमा १० प्रतिशत सरकारको लगानी रहेको छ । ४० प्रतिसत सर्वसाधारणको सेयर विक्री गरेपछि ३ जना संचालक चयन हुनेछ ।













