नेफ्रा बैंकको आइपीओ माघ २ देखि ६ गतेसम्म निष्काशन गरिने, आवेदकहरुको हात खालि नहुने अनुमान - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेफ्रा बैंकको आइपीओ माघ २ देखि ६ गतेसम्म निष्काशन गरिने, आवेदकहरुको हात खालि नहुने अनुमान



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपालको पूँजी बजारको इतिहासमै सबै भन्दा ठूलोे ८ अर्व बराबरको सार्वजनिक निष्काशन आउँदो माघ ०२ देखि माघ ०६ सम्म ल्याउने भएको छ ।

आइपीओ निष्काशनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफ्नो बिक्रीप्रबन्धक नियुक्त गरेको छ । निष्काशन सम्बन्धी सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत हुने बैंकले जनाएको छ । जम्मा २० अर्व चुक्ता पूंजी रहेको बैंकको १२ अर्व संस्थापकहरुबाट चुक्ता भैसकेको छ भने बांकी रकम यस निष्काशनबाट चुक्ता हुने छ ।

हाल पुँजी बजारको अवस्थालाई अध्ययन गर्दा यो सार्वजनिक निष्काशन आइपीओका लागि आवेदन दिने सबै आवेदकहरुको हात खालि नहुने अनुमान गरिएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड को स्थापना बैंक तथा वित्तिय संस्था, जीवन तथा गैरजीवन बीमा कम्पनी, उद्यमीहरु तथा अन्य निजी क्षेत्रका अग्रणी संस्थाका समूह, तथा नेपाल सरकारको संयुक्त सहभागितामा भएको हो ।


प्रतिक्रिया दिनुहोस्