मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु



काठमाडौं । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु भएको छ । यो भन्दा अगाडी बारामा कारको ठक्करबाट मुत्य भएको थियो ।


बाग्मती नगरपालिका ३ स्थित नयाँ रोड बरहथवा सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प४००९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा हरिणको घटनास्थलमै मृत्यु भएको हो ।

हरिणलाई सोमबार राति ठक्कर दिएपछि मोटरसाइकल पल्टिँदा त्यसका चालक सप्तरीको कन्चनरुप नगरपालिका–११ बस्ने २२ वर्षीय सुनिल थापा सामान्य र पछाडि सवार सर्लाहीको हरिपुर नगरपालिका–१ बस्ने २५ वर्षीय शिव कुमार महतोको टाउको र वायाँ कुममा चोट लागेको छ । दुबैको हनुमन्ते अस्पताल बरहथवामा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रजक्ता मदन कुँवरले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्