तीन दिनमा सुनको मूल्य २२ सय रुपैयाँले बढ्यो, बुधबार कतिमा हुँदै छ कारोबार ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

तीन दिनमा सुनको मूल्य २२ सय रुपैयाँले बढ्यो, बुधबार कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । बुधबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले नै बढेर प्रतितोला ९६ हजार २ सय रूपैयाँमा कारोबार भएको छ । बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ४० रूपैयाँमा कारोबार भएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढेर प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजाबी सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेर ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य १० रुपैयाँले बढेर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार सुनको ८ सय रूपैयाँले बढेर तोलामा ९५ हजार ३ सय रूपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुनको मूल्य ३ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य २५ रुपैयाँ बढेर १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको छ ।

आइतबार छापावाल सुनको मूल्य स्थिर रहेर तोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुनको मूल्य स्थिर रहेर तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य पनि स्थिर रहेर १३ सय रुपैयाँमा कारोबार भएका थियो ।

साताको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य ४ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । शक्रबार तेजाबी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेर १३ सय रुपैयाँमा कारोबार भएका थियो ।


प्रतिक्रिया दिनुहोस्