नेपाल इन्भेष्टमेन्ट बैंकको मूल्य समायोजन
काठमाडौं । बुधबार, नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
बैंकले साधरण सभा र लाभांश वितरणको लागी बुकक्लोज गरेसंगै नेप्सले शेयरमुल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले बैंकको १३ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ४७८ रुपैयाँ तोकेको छ। बैंकको हिजो अर्थात पुस २१ गतेको अन्तिम कारोबारको आधारमा शेयरमूल्य समायोजन भएको हो। हिजो बैंकको शेयर प्रतिकित्ता ५४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
बैंकले माघ ८ गते, बिहीबार बिहान १० बजे आफ्नो केन्द्रिय कार्यालय, दरबारमार्गमा ३४ औँ वार्षिक साधारण सभा बोलायको छ ।












