सिटिजन लाइफलाई इक्रा नेपालको त्रिपल बी रेटिङ्ग, ७५ करोडको आइपीओ जारी गर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सिटिजन लाइफलाई इक्रा नेपालको त्रिपल बी रेटिङ्ग, ७५ करोडको आइपीओ जारी गर्ने



काठमाडौं । ईक्रा नेपाल लिमिटेडले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ईक्रा एनपी इस्यूअर रेटिङ ट्रीपल बी माइनस रेटिङ प्रदान गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्राप्त गरेको ईक्रा एनपी इस्यूअर रेटिङ ट्रीपल बी माइनस रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । यसको मतलब कम्पनीको मध्यम क्रेडिट जोखिम रहेको हुन्छ ।

२०७४ कात्तिक २ गते लक्ष्मीपूजाको दिनदेखि व्यवसायिक कारोबार शुभारम्भ गरेको यस कम्पनीले देशभर फैलिएका आफ्ना २५ वटाशाखा सञ्जालमार्फत ग्राहकहरूलाई जीवन बीमा सेवा प्रदान गरिरहेको छ । कम्पनीले यसअघि नै ब्राण्ड एम्बेसडरको रुपमा ‘महजोडी’लाई अनुबन्धित गरिसकेको छ ।

अधिकृत पुँजी रु. ३.० अर्ब र जारी पुँजी रु.२.५० अर्बमध्ये
हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम रु.१.७५ अर्ब चुक्ता पुँजी रहेको यस कम्पनीले निकट भविष्यमा रु.७५ करोडको सर्वसाधारणका लागि सेयर जारी गरी चुक्ता पुँजी रु.२.५० अर्ब पु¥याउने जनाएको छ । कम्पनीका प्रवद्र्धकहरूमा प्रतिष्ठित उद्योगीहरू, बैंकर तथा व्यावसायिक संस्थाहरू रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्