यस साता सुनको मूल्य ८ सय रुपैयाँले बढ्यो, शुक्रबार कतिमा हुँदैछ कारोबार ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

यस साता सुनको मूल्य ८ सय रुपैयाँले बढ्यो, शुक्रबार कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । यस साता सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । गत हप्ताको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तर यस हप्ताको शुक्रबार आज ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार छापावाल १ सय रुपैयाँले घटेर तोलामा ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । सातोको अन्तिम दिन तोजबी सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेर तोलामा ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ३० रुपैयाँमा कारोबार भएको छ ।

बिहीबार छापावाल सुनको मूल्य १३ सय रुपैयाँले घटेर तोलामा ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेवाबी सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेर तोलामा ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर तोलामा १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले नै बढेर प्रतितोला ९६ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ४० रूपैयाँमा कारोबार भएको थियो ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढेर प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजाबी सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेर ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य १० रुपैयाँले बढेर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार सुनको ८ सय रूपैयाँले बढेर तोलामा ९५ हजार ३ सय रूपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुनको मूल्य ३ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य २५ रुपैयाँ बढेर १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको छ ।

आइतबार छापावाल सुनको मूल्य स्थिर रहेर तोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुनको मूल्य स्थिर रहेर तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य पनि स्थिर रहेर १३ सय रुपैयाँमा कारोबार भएका थियो ।

साताको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य ४ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । शक्रबार तेजाबी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेर १३ सय रुपैयाँमा कारोबार भएका थियो ।


प्रतिक्रिया दिनुहोस्